नियम
अधिकार क्षेत्रको प्रयोग

(१) अदालतको अधिकार क्षेत्रको प्रयोग तीनै जना सदस्यले सामुहिक रुपले गर्नेछन् र बहुमतको राय अदालतको निर्णय मानिनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्ष र कुनै एक जना सदस्यको उपस्थिति भएमा मुद्दाको कारवाई र किनारा गर्न सकिनेछ । अध्यक्ष वाहेक दुईजना सदस्यहरुको उपस्थितिमा मुद्दा फैसला गर्न वा अन्तिम आदेश दिन बाहेक अरु कारवाई गर्न
सकिनेछ ।
(३) उपनियम (२) बमोजिम दुईजना सदस्यको उपस्थितिमा मुद्दाको कारवाई वा किनारा गर्दा दुईजनाको मतेक्य हुन नसकेमा पहिले अनुपस्थित रहेको सदस्य समक्ष पेश गरी निजले समर्थन गरेको राय नै अदालतको राय मानिनेछ ।
(४) उपनियम (३) बमोजिम पहिले अनुपस्थित रहेको सदस्य समक्ष पेश गर्दा तीनै जनाको राय अलग अलग भई बहुमत कायम हुन नसकेमा कारवाहीको हकमा अध्यक्षको राय बमोजिम हुनेछ र मुद्दाको किनारा गर्ने सम्बन्धमा सर्वोच्च अदालतमा साधक जाहेर गरी निकासा भई आए बमोजिम हुनेछ ।